On this page
न्यायाधिकरणको बारेमा
प्रशासनिक पुनरावलोकन न्यायाधिकरण एउटा स्वतन्त्र निकाय हो जसले अष्ट्रेलियाली सरकारका विभागहरू, निकायहरू वा मन्त्रीहरूले गरेका निर्णयहरूको विस्तृत श्रृंखलाको समीक्षा गर्न सक्छ। यदि तपाईं कुनै निर्णयसँग असहमत हुनुहुन्छ भने, तपाईं पुनरावलोकनको लागि हामीलाई आवेदन दिन सक्नुहुन्छ।
दोभाषेको लागि सोध्नुहोस्
तपाईंलाई दोभाषेको आवश्यकता तब पर्न सक्छ जब:
- तपाईं हामीलाई तपाईंको मुद्दा वा हाम्रा प्रक्रियाहरूका बारेमा प्रश्नहरू सोध्न चाहनुहुन्छ
- हामीले तपाईंलाई तपाईंको मुद्दाको बारेमा सुनुवाइ, सम्मेलन वा अन्य बैठकमा भाग लिन आग्रह गरेका छौँ।
सुनुवाइ वा सम्मेलनका लागि
यदि तपाईंको पहिलो भाषा अङ्ग्रेजी होइन र तपाईंलाई न्यायाधिकरणमा सुनुवाइ वा सम्मेलनमा भाग लिन भनिएको छ भने, तपाईंले हामीलाई तपाईंको लागि दोभाषेको व्यवस्था गर्नको लागि सोध्न सक्नुहुन्छ। दोभाषेको लागि भुक्तानी हामीले गर्नेछौँ।
कृपया हामीले तपाईंलाई पठाएको कुनै पनि पत्र वा इमेलमा रहेका निर्देशनहरू पढ्नुहोस् र त्यसपछि तपाईंलाई दोभाषे चाहिन्छ भने हामीलाई सुनुवाइ वा सम्मेलनको दिन भन्दा पहिले नै बताउनुहोस्।
तपाईंले एउटा सुनुवाइ वा सम्मेलनमा आफ्नो लागि व्याख्या गर्नको लागि नातेदार वा मित्रलाई सोध्न सक्नुहुँदैन।
हामीलाई सम्पर्क गर्ने
स्थानीय फोन सम्पर्कको लागतमा, तपाईंले आफ्नो भाषामा हामीसँग कुरा गर्नको लागि अनुवाद र दोभाषे
सेवा (टी.आई.एस.) को प्रयोग गर्न सक्नुहुनेछ।
तपाईंले फोन गर्नु अघि न्यायाधिकरणबाट प्राप्त गरेका कुनै पनि जानकारी वा पत्रहरू तपाईंसँग राख्नुहोस्।
१. टी.आई.एस. लाई १३१ ४५० मा (वा +६१ ३ ९२६८ ८३३२ मा, यदि तपाईं विदेशमा हुनुहुन्छ भने) फोन गर्नुहोस् ।
२. संचालकलाई निम्न कुरा भन्नुहोस्:
- तपाईंको भाषा
- हाम्रो नाम (प्रशासनिक पुनरावलोकन न्यायाधिकरण)
- हाम्रो फोन नम्बर (१८०० २२८ ३३३)
३. टी.आई.एस.ले तपाईंलाई हामीसँग जोड्नेछ। हामी बिहानको ८.३० देखि साँझको ५ बजेसम्म खुला रहन्छौँ।
यस वेबसाइटमा लेखिएका कुरा अनुवाद गर्नुहोस्
हाम्रो वेबसाइटमा एउटा उपकरण छ जसले विभिन्न भाषाहरूमा जानकारी अनुवाद गर्न मद्दत गर्छ। अधिकांश इन्टरनेट ब्राउजरहरूमा तपाईंलाई तपाईंको भाषामा लेखिएका कुरा पढ्न मद्दत गर्न सेटिङहरू पनि हुन्छन्।
महत्त्वपूर्ण जानकारी
स्वचालित उपकरण प्रयोग गरेर तपाईंले अनुवाद गर्नुभएको कुनै पनि लेखिएका कुरा कुनै व्यक्तिद्वारा अनुवाद गरिएको हुँदैन, त्यसैले यो सही नहुन सक्छ। यदि कानूनी कारणहरूका लागि तपाईंलाई अनुवादित जानकारीमा भरोसा गर्न आवश्यक छ भने तपाईंले थप मद्दत प्राप्त गर्नुपर्छ।
जब तपाईं हाम्रो वेबसाइटमा रीडस्पीकर नामक कम्पनी मार्फत प्रदान गरिएको उपकरणको प्रयोग गर्नुहुन्छ, लेखिएका कुरालाई गुगल अनुवादद्वारा संचालित सफ्टवेयर प्रयोग गरेर अनुवाद गरिन्छ। सही अनुवाद प्रदान गर्ने उचित प्रयास गरिन्छ, तथापि, कुनै पनि स्वचालित अनुवाद सिद्ध हुँदैन र यसको उद्देश्य मानव अनुवादकहरूलाई प्रतिस्थापन गर्नु पनि होइन। यस वेबसाइटका प्रयोगकर्ताहरूलाई अनुवादहरू सेवाको रूपमा प्रदान गरिन्छ, र 'जस्ताको तस्तै' प्रदान गरिन्छ। सटीकता, विश्वसनीयता, वा शुद्धताको रूपमा कुनै पनि प्रकारको वारेन्टी, या त व्यक्त गरेर वा निहित गरेर, दिइएको छैन। अनुवादको लागि न त रीडस्पीकर न त प्रशासनिक पुनरावलोकन न्यायाधिकरण कुनै पनि तरिकाले जिम्मेवार छैन।
अनुवाद कसरी गर्ने
तलका निर्देशनहरू डेस्कटप कम्प्युटरहरू जस्ता अधिकांश ठूला स्क्रिन भएका उपकरणहरूका लागि राम्रो काम गर्छन्।
तपाईंले अनुवाद गर्न चाहनुभएको लेखिएका कुरालाई आफ्नो माउस र कर्सरले हाइलाइट गर्नुहोस्। ३ वटा विकल्पहरू भएको बाकस देखिनेछ।
न्यायाधिकरणमा कर्मचारी र सदस्यहरू हुन्छन्। कर्मचारीहरू अष्ट्रेलियाली सार्वजनिक सेवाका कर्मचारीहरू हुन् र सदस्यहरू, मुद्दाहरू सुन्ने र निर्णय गर्ने व्यक्तिहरू, वैधानिक पदाधिकारीहरू हुन्।
सङ्गठनलाई राष्ट्रपतिद्वारा नेतृत्व गरिएको छ, जो न्यायाधिकरणको व्यवसायको प्रबन्धन गर्नको लागी जिम्मेदार हुन्छन् र हामी कुशलतापूर्वक र प्रभावी ढंगले हाम्रो उद्देश्यहरूको अनुरूप काम गर्दछौँ भन्ने कुरा सुनिश्चित गर्छन्।
कानून अनुसार, संघीय अदालतको न्यायाधीश राष्ट्रपति हुनैपर्छ।
'अनुवाद' रोज्नुहोस् र त्यसपछि तपाईंको भाषा फेला पार्न सूची खोजी गर्नुहोस् वा तल स्क्रोल गर्नुहोस्।
सुन्नुहोस्
शब्दकोश
अनुवाद गर्नुहोस्
भाषा खोज्नुहोस्
अरबी
चिनियाँ (म्याण्डरिन)
डेनिस
डच
अङ्ग्रेजी
फिनिस
फ्रान्सेली
जर्मन
ग्रीकतपाईंले हाइलाइट गर्नुभएको लेखिएका कुरा तपाईंले भाषा रोज्ने बित्तिकै अनुवाद गरिनेछ। यस उदाहरणमा, हामीले अरबी रोजेका छौँ।
कृपया याद राख्नुहोस्: तपाईंको सुविधाको लागि लेखिएका कुरालाई गुगल अनुवादद्वारा संचालित अनुवाद सफ्टवेयरको प्रयोग गरेर अनुवाद गरिएको छ। सही अनुवाद प्रदान गर्ने उचित प्रयास गरिएको छ, तथापि, कुनै पनि स्वचालित अनुवाद सिद्ध छैन र मानव अनुवादकहरूलाई प्रतिस्थापन गर्ने उद्देश्यले पनि गरिएको छैन।
यस वेबसाइटका प्रयोगकर्ताहरूलाई अनुवादहरू सेवाको रूपमा प्रदान गरिन्छ, र "जस्ताको तस्तै" प्रदान गरिन्छ। सटीकता, विश्वसनीयता, वा शुद्धताको रूपमा कुनै पनि प्रकारको वारेन्टी, या त व्यक्त गरेर वा निहित गरेर, दिइएको छैन। अनुवादको लागि कुनै पनि तरिकामा न त रीडस्पीकर न त वेबसाइट मालिक जिम्मेवार छैनन्।
म बुझ्छु
बन्द गर्नुहोस्